NIMB Header 2
Nepal Life

मन्त्रिपरिषद्का चार निर्णय: १५ जना अनररी कन्सुल पदमुक्त

IME LIFE
  • BFIS News
  • 2026 May 08 13:46
मन्त्रिपरिषद्का चार निर्णय: १५ जना अनररी कन्सुल पदमुक्त
United Ajod

काठमाडौं । सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

Nepal Life
NIMB

वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा महत्वपूर्ण निर्णय गरेको सरकारद्वारा जारी विवरणमा उल्लेख छ। बैठकले सम्माननीय राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सम्बोधन गराउने निर्णय गरेको छ। त्यसका लागि संघीय संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।

त्यसैगरी, परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन प्रक्रियालाई पनि सरकारले अघि बढाएको छ। मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। यस्तै, श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया