NIMB Header 2
Nepal Life

आईजीआई प्रुडेन्सियलको नाफामा तीव्र गिरावट, प्रतिशेयर आम्दानी ०.०२ रुपैयाँमा सीमित

IME LIFE
  • BFIS News
  • 2026 May 10 13:12
आईजीआई प्रुडेन्सियलको नाफामा तीव्र गिरावट, प्रतिशेयर आम्दानी ०.०२ रुपैयाँमा सीमित
United Ajod

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको छ भने प्रतिशेयर आम्दानी पनि न्यून स्तरमा झरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको पहिलो नौ महिनामा खुद नाफा ४ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा नाफा करिब ९९.८४ प्रतिशतले घटेको देखिएको छ।

यस अवधिमा कम्पनीको व्यवसाय भने सामान्य रूपमा बढेको छ। चालु आवको नौ महिनामा कम्पनीले २ अर्ब ६५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो कारोबार २ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो।

तर दाबी भुक्तानीतर्फको खर्च उल्लेख्य रूपमा बढेको देखिएको छ। गत वर्षको नौ महिनामा ६१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

महाविपत्ति कोषमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो वर्ष ९ करोड ५८ लाख रुपैयाँ रहेको कोष चालु आवमा बढेर ९ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले विभिन्न क्षेत्रमा कुल ४ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको जनाएको छ। त्यसमध्ये ३ अर्ब रुपैयाँ अल्पकालीन तथा १ अर्ब ६४ करोड रुपैयाँ दीर्घकालीन लगानी रहेको छ।

तीन अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ०.०२ रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस ११.६७ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ तथा प्रतिशेयर सम्पत्ति मूल्य ४८३.२३ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया