NIMB Header 2
Nepal Life

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

IME LIFE
  • BFIS News
  • 2026 May 21 09:12
प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने
United Ajod

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

Nepal Life
NIMB

संसद् सचिवालयका अनुसार प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गरिने कार्यसूची छ। साथै ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

उक्त विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। त्यसपछि अर्थमन्त्री वाग्लेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया