NIMB Header 2
Nepal Life

हाइड्रो कम्पनीहरूको नाफामा उल्लेख्य सुधार, ९ महिनामै करिब ८ अर्ब आम्दानी

IME LIFE
  • BFIS News
  • 2026 May 21 14:56
हाइड्रो कम्पनीहरूको नाफामा उल्लेख्य सुधार, ९ महिनामै करिब ८ अर्ब आम्दानी
United Ajod

काठमाडौँ । हाइड्रोपावर कम्पनीहरूको नाफामा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश हाइड्रो कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेका केही कम्पनीसमेत यस वर्ष नाफामा जान सफल भएका छन् ।

 

Nepal Life
NIMB

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १०१ हाइड्रो कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कुल ७ अर्ब ९२ करोड ९३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २३७ दशमलव ५८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा हाइड्रो कम्पनीहरूले २ अर्ब ३४ करोड ८९ लाख १ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ३६ कम्पनी घाटामा रहेकोमा यस वर्ष सो संख्या घटेर २२ मा सीमित भएको छ ।

सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीमा सहास उर्जा पहिलो स्थानमा रहेको छ । कम्पनीले ९ महिनामा १ अर्ब १८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९० करोड ४८ लाख रुपैयाँ घाटामा थियो ।

त्यसैगरी, सोलु हाइड्रोपावरले ८५ करोड ८१ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थान हासिल गरेको छ । अपि पावरले ६५ करोड ८५ लाख, माउन्टेन इनर्जीले ५२ करोड ७६ लाख, ग्रिन भेन्चर्सले ४९ करोड ४४ लाख, चिलिमे हाइड्रोपावरले ४५ करोड ६९ लाख, राधि विद्युतले ३२ करोड ३९ लाख तथा बुटवल पावर कम्पनीले २९ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यद्यपि, समीक्षा अवधिमा २२ हाइड्रो कम्पनी अझै घाटामा रहेका छन् । तीमध्ये रसुवागढी हाइड्रोपावर सबैभन्दा बढी घाटामा देखिएको छ । कम्पनीको घाटा १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, भिजन लुम्बिनी उर्जा १० करोड ५ लाख, त्रिशुली जलविद्युत ९ करोड ४० लाख, हिमाल दोलखा ९ करोड १६ लाख, हिम स्टार उर्जा ७ करोड ३ लाख तथा शिव श्री हाइड्रोपावर ६ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

                    

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया