कालिन्चोक हाइड्रोपावरको ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2026 May 22 13:14
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अन्तर्गत जारी शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको कुल ५५ लाख कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत गरिएको हो।
सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि जारी गरिएको १३ लाख ७५ हजार कित्ता तथा संस्थापक समूहको स्वामित्वमा रहेको ४१ लाख २५ हजार कित्ता शेयर रहेका छन्।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। यही मूल्य सीमाभित्र रही आगामी जेठ ११ गते विशेष प्रि–ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित कारोबार सुरु हुने जनाइएको छ।
कम्पनीलाई नेप्सेले ‘KHPL’ स्टक संकेत (टिकर) प्रदान गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया