चार दिन लगातार सार्वजनिक बिदा
- BFIS News
- 2026 May 22 15:10
काठमाडौं । जेठ १४ गतेदेखि १७ गतेसम्म चार दिन लगातार सार्वजनिक बिदा परेको छ।
सरकारले जेठ १४ गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चार दिन लगातार बिदा हुने भएको हो। जेठ १५ गते गणतन्त्र दिवसको बिदा परेको छ भने १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा रहेको छ।
उक्त बिदामा सरकारी कार्यालय, शैक्षिक संघसंस्था, बैंक तथा वित्तीय संस्थाका साथसाथै शेयर बजार समेत बन्द रहनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया