दोहोरो अंकले बढ्यो नेप्से, क्रिस्ट माइक्रोलाइफको शेयर मूल्यमा उच्च वृद्धि
- BFIS News
- 2026 May 22 15:27
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा कायम भएको हो ।
आज कारोबार रकममा पनि सुधार देखिएको छ । ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स को शेयर मूल्य सर्वाधिक १४.८१ प्रतिशतले बढेको छ ।
त्यसैगरी माबिलुङ इनर्जी को शेयर मूल्य ९.३५ प्रतिशत, बुंगल हाइड्रो को ७.२४ प्रतिशत तथा आँखुखोला जलविद्युत कम्पनी को शेयर मूल्य ७.२० प्रतिशतले वृद्धि भएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया