NIMB Header 2
Nepal Life

ललितपुरको लगनखेलबाट नक्कली नोटसहित १९ वर्षीय युवक पक्राउ

IME LIFE
  • BFIS News
  • 2026 May 24 19:56
ललितपुरको लगनखेलबाट नक्कली नोटसहित १९ वर्षीय युवक पक्राउ
United Ajod

काठमाडौँ । ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन् ।

 

Nepal Life
NIMB

जिल्ला प्रहरी परिसर ललितपुर का अनुसार लगनखेल बसपार्क नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

राईको साथबाट ५०० रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सबै नोटमा ‘ज/१३ ६८६४२७’ एउटै नम्बर उल्लेख रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली नोट कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया