सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त
- BFIS News
- 2026 May 25 11:24
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी लाई नियुक्त गरेको छ।
बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले केसीलाई चार वर्षको कार्यकालका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अनुसार उनको नियुक्ति जेठ ११ गतेदेखि लागू भएको छ।
नियुक्त हुनुअघि केसी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा उनको २२ वर्षभन्दा बढीको अनुभव रहेको तथा कार्यकारी तहमा सात वर्षभन्दा बढी काम गरेको अनुभव रहेको जनाइएको छ।
यसअघि उनले मालिका विकास बैंक लिमिटेड को प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए। साथै, कुमारी बैंक लिमिटेड को आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा समेत कार्य गरिसकेका छन्।
बैंकले केसीको नेतृत्वले संस्थाको व्यवस्थापन र व्यावसायिक गतिविधिलाई थप सुदृढ बनाउने अपेक्षा गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया