NIMB Header 2
Nepal Life

नेप्सेमा कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा

IME LIFE
  • BFIS News
  • 2026 May 26 11:03
नेप्सेमा कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा
United Ajod

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड को शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबारदेखि सुरु भएको छ। कम्पनीको पहिलो कारोबार स्पेशल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३०० रुपैयाँमा भएको हो।

Nepal Life
NIMB

कम्पनीको कुल ५५ लाख कित्ता शेयर गत जेठ ८ गते नेप्सेमा सूचीकृत भएको थियो। सूचीकृत शेयरमध्ये १३ लाख ७५ हजार कित्ता सर्वसाधारणमा वितरण गरिएको तथा ४१ लाख २५ हजार कित्ता संस्थापक समूहको लगानी रहेको छ।

सूचीकृत भइसकेपछि कम्पनीको पहिलो कारोबार जेठ ११ गते नै हुने अपेक्षा गरिएको थियो। तर, सो दिन स्पेशल प्रि–ओपन सेसनमा खरिद–बिक्री आदेश नमिल्दा कारोबार हुन सकेको थिएन। त्यसपछि मंगलबार पहिलो कारोबार सम्पन्न भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही रेञ्जअन्तर्गत उच्चतम मूल्यमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा ‘केएचपीएल’ टिकर संकेतमार्फत कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया