Nepal Life

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घट्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 26 11:09
नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।

Nepal Life
NIMB

अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले कम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया