बीमा दाबी भुक्तानी मार्गदर्शन संशोधन गर्ने तयारीमा प्राधिकरण
- BFIS News
- 2026 May 26 12:55
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन संशोधन गर्ने तयारी गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ लाई समयानुकूल परिमार्जन गर्न आवश्यक देखिएको भन्दै संशोधन प्रक्रिया अघि बढाएको हो ।
यस पटक बीमक र पुनर्बीमक मात्र होइन, बीमित तथा सर्वसाधारणको समेत राय लिएर मार्गदर्शन परिमार्जन गर्ने तयारी गरिएको छ । पछिल्लो समय बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गर्न र प्रक्रियालाई सहज बनाउन संशोधन आवश्यक भएको प्राधिकरणले जनाएको छ ।
हालको व्यवस्थाअनुसार दाबी निवेदन दर्ता भएपछि बीमकले अभिलेख राखी जानकारी दिनुपर्ने, साथै विद्युतीय माध्यममा समेत दाबी अभिलेख राख्नुपर्ने व्यवस्था छ । जीवन र निर्जीवन बीमाका लागि छुट्टाछुट्टै दाबी भुक्तानी प्रक्रिया तय गरिएको छ ।
जीवन बीमामा परिपक्व बीमालेखको भुक्तानी १५ दिनभित्र सूचना जारी गरी प्रक्रिया अघि बढाउनुपर्ने र आवश्यक कागजात प्राप्त भएपछि ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । मृत्यु दाबीमा हकवालाले निवेदन दिई प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था रहेको छ ।
निर्जीवन बीमामा दाबी जानकारीपछि जाँचबुझ प्रक्रिया सुरु हुने र आवश्यक परे सर्भेयर नियुक्त गर्नुपर्ने व्यवस्था छ । सर्भे प्रतिवेदन प्राप्त भएको सामान्यतया २१ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने प्रावधान छ ।
बीमकले दाबी अस्वीकार गरेमा कारणसहित जानकारी दिनुपर्ने र त्यसमा असन्तुष्टि भए नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सकिने व्यवस्था पनि रहेको छ । संशोधनपछि यी प्रावधानमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया