NIMB Header 2
Nepal Life

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

IME LIFE
  • BFIS News
  • 2026 May 26 13:01
समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
United Ajod

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

 

Nepal Life
NIMB

समितिले सोमबार सूचना जारी गर्दै विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको विवरण सार्वजनिक गरेको हो ।

समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ । यसअघि ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

यस्तै, हालसम्म ऋण चुक्ता नगरेका ऋणीलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी बाँकी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ ।

समितिले तोकिएको समयभित्र ऋण नतिरे कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने तथा असुलउपर गरिने चेतावनी समेत दिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया