स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, ७७ हजारभन्दा बढीले पाए सेयर
- BFIS News
- 2026 May 26 13:04
काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो ।
बाँडफाँड अनुसार ७७ हजार ८१२ जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । साथै, ५ जना आवेदकले भने ११–११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावितलाई र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिएको थियो ।
त्यसैगरी, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो । बाँकी ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)
.jpg)





प्रतिक्रिया