हप्तामा दुई दिन बिदा निर्णय पुनर्विचार गर्न सांसद बुढाथोकीको सरकारलाई आग्रह
- BFIS News
- 2026 May 26 13:18
काठमाडौं, मंगलबार। शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा सम्बन्धी सरकारी निर्णय तत्काल पुनर्विचार गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै कृष्णहरि बुढाथोकी ले उक्त निर्णय व्यवहारिक नभएको र सेवाग्राहीमैत्री नदेखिएको भन्दै पुनरावलोकन आवश्यक रहेको धारणा राखे।
सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रमा साप्ताहिक दुई दिन बिदा लागू गर्दा विद्यार्थीको सिकाइ प्रभावित हुने तथा पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ उत्पन्न भएको बताए। त्यस्तै, आकस्मिक स्वास्थ्य सेवामा समेत नागरिकले सहज पहुँच नपाउने अवस्था देखिएको उनको भनाइ थियो।
उनका अनुसार, गाउँ क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा शैक्षिक लागत बढिरहेको समस्या पनि देखिएको छ। यस्तो परिस्थितिमा विद्यालय समायोजन गर्दै आवासीय विद्यालय प्रणालीतर्फ जान सके शिक्षाको गुणस्तर सुधार गर्न सकिने उनको सुझाव थियो।
सांसद बुढाथोकीले सार्वजनिक विद्यालयमा गुणस्तरीय सेवा सुनिश्चित गर्न सरकार अझ सक्रिय हुनुपर्ने आवश्यकता समेत औंल्याए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)







प्रतिक्रिया