Nepal Life

बकर ईदको अवसरमा आज सार्वजनिक बिदा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 28 07:24
बकर ईदको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इद उल अजाहा) को अवसरमा आज जेठ १४ गते देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालय ले सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

 

Nepal Life
NIMB

सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा शेयर बजार बन्द रहनेछन् ।

यसैबीच, भोलि जेठ १५ गते गणतन्त्र दिवस का अवसरमा पनि सार्वजनिक बिदा परेको छ । सोही दिन सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बकर ईद मुस्लिम समुदायको प्रमुख धार्मिक पर्वमध्ये एक हो । यस अवसरमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी मस्जिद वा खुला स्थानमा गएर नमाज अदा गर्ने, एकअर्कासँग शुभकामना आदानप्रदान गर्ने तथा कुर्वानी (बलि) दिने परम्परा रहेको छ ।

धार्मिक परम्पराअनुसार कुर्वानी गरिएको पशुको मासु तीन भागमा बाँडिन्छ । एक भाग आफ्ना लागि, अर्को भाग आफन्त तथा मित्रलाई र तेस्रो भाग गरिब तथा असहायलाई दिने चलन छ ।

मुस्लिम धर्मग्रन्थअनुसार हजरत इब्राहिमले परमेश्वरप्रतिको आस्थाको प्रतीकस्वरूप आफ्नै प्रिय वस्तु बलिदान दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइँदै आएको विश्वास गरिन्छ ।

 

   

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया