NIMB Header 2
Nepal Life

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 13:01
सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो
United Ajod

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १७५ रुपैयाँले महँगिएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम रहेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ४० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि तथा विनिमय दरमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुने गरेको व्यवसायीहरूले बताएका छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया