NIMB Header 2
Prabhu Mahalaxmi

भन्सार संरचनामा पुनर्संरचना: दर ११ बाट ७ तहमा झारियो, २७३ वस्तुको महसुल घटाइयो

United Ajod
  • BFIS News
  • 2026 May 29 16:39
भन्सार संरचनामा पुनर्संरचना: दर ११ बाट ७ तहमा झारियो, २७३ वस्तुको महसुल घटाइयो
Sanima Reliance Life Insurance Company

काठमाडौं । सरकारले कर तथा भन्सार प्रणालीमा व्यापक परिवर्तन गर्दै भन्सार दर संरचनालाई ११ तहबाट घटाएर ७ तहमा सीमित गरेको छ।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार दरमा समायोजन गरिएको जानकारी दिएका हुन्।

बजेट विवरणअनुसार २७३ प्रकारका वस्तुमा भन्सार महसुल घटाइएको छ भने ३६० वस्तुमा लागू हुँदै आएको अन्तःशुल्क खारेज गरिएको छ। कर संरचनामा गरिएको समायोजनअन्तर्गत १ हजार ११२ भन्दा बढी वस्तु समेटिएका छन्, जसलाई सरल र पुनःसंरचित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले कच्चा पदार्थ आयात लागत घटाएर उत्पादनमूलक उद्योगलाई सहजता दिने लक्ष्य लिएको छ। यसबाट स्वदेशी उद्योगको लागत घट्ने र प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।

यसैगरी, भन्सार विन्दुमा छुट्टाछुट्टै रूपमा संकलन हुँदै आएका करहरूलाई एकीकृत गर्दै ‘हरित कर’ अवधारणामा समावेश गरिएको छ। पूर्वाधार विकास कर र सडक दस्तुरलाई समेत सोही संरचनामा समेटिएको छ।

सरकारले बजेटमार्फत कर प्रणाली सरलीकरण, औद्योगिक प्रवर्द्धन, उत्पादन वृद्धि तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार