NIMB Header 2
Nepal Life

भन्सार संरचनामा पुनर्संरचना: दर ११ बाट ७ तहमा झारियो, २७३ वस्तुको महसुल घटाइयो

IME LIFE
  • BFIS News
  • 2026 May 29 16:39
भन्सार संरचनामा पुनर्संरचना: दर ११ बाट ७ तहमा झारियो, २७३ वस्तुको महसुल घटाइयो
United Ajod

काठमाडौं । सरकारले कर तथा भन्सार प्रणालीमा व्यापक परिवर्तन गर्दै भन्सार दर संरचनालाई ११ तहबाट घटाएर ७ तहमा सीमित गरेको छ।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार दरमा समायोजन गरिएको जानकारी दिएका हुन्।

बजेट विवरणअनुसार २७३ प्रकारका वस्तुमा भन्सार महसुल घटाइएको छ भने ३६० वस्तुमा लागू हुँदै आएको अन्तःशुल्क खारेज गरिएको छ। कर संरचनामा गरिएको समायोजनअन्तर्गत १ हजार ११२ भन्दा बढी वस्तु समेटिएका छन्, जसलाई सरल र पुनःसंरचित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले कच्चा पदार्थ आयात लागत घटाएर उत्पादनमूलक उद्योगलाई सहजता दिने लक्ष्य लिएको छ। यसबाट स्वदेशी उद्योगको लागत घट्ने र प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।

यसैगरी, भन्सार विन्दुमा छुट्टाछुट्टै रूपमा संकलन हुँदै आएका करहरूलाई एकीकृत गर्दै ‘हरित कर’ अवधारणामा समावेश गरिएको छ। पूर्वाधार विकास कर र सडक दस्तुरलाई समेत सोही संरचनामा समेटिएको छ।

सरकारले बजेटमार्फत कर प्रणाली सरलीकरण, औद्योगिक प्रवर्द्धन, उत्पादन वृद्धि तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया