व्यापारिक विवाद समाधानका लागि छुट्टै न्यायाधिकरण गठन गर्ने घोषणा
- BFIS News
- 2026 May 29 16:43
काठमाडौं । सरकारले व्यापार तथा लगानीसँग सम्बन्धित विवादहरू छिटो समाधान गर्न छुट्टै न्यायाधिकरण स्थापना गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यावसायिक विवाद समाधानका लागि विशेष संरचना निर्माण गरिने जानकारी दिएका हुन्।
बजेट वक्तव्यअनुसार व्यापारिक तथा लगानीसम्बन्धी विवादहरू समाधानमा ढिलाइ हुने समस्या लामो समयदेखि उठ्दै आएको छ। सोही अवस्थालाई सम्बोधन गर्न विशेषज्ञतामा आधारित न्यायाधिकरण गठन गर्ने तयारी गरिएको छ।
सरकारले यस कदममार्फत विवाद समाधान प्रक्रिया छिटो र व्यवस्थित हुने अपेक्षा गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया