पाँच वर्षभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य
- BFIS News
- 2026 May 29 17:32
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य सार्वजनिक गरेको छ ।
डा. स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आगामी तीन वर्षभित्र ६५ प्रतिशत नागरिकसम्म सुरक्षित खानेपानी सेवा विस्तार गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच वर्षभित्र देशभर आधुनिक तथा स्मार्ट वितरण प्रणाली लागू गरी चौबीसै घण्टा स्वच्छ पिउने पानी उपलब्ध गराउने योजना सरकारको रहेको छ ।
सरकारले खानेपानी पहुँच विस्तारसँगै वितरण प्रणालीलाई प्रविधिमैत्री र दिगो बनाउने लक्ष्य पनि अघि सारेको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया