सरकारले कृषि बीमा प्रिमियमका लागि २ अर्ब विनियोजन, ८० प्रतिशत अनुदान निरन्तर रहने
- BFIS News
- 2026 May 29 17:33
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि प्रिमियम अनुदानस्वरूप २ अर्ब रुपैयाँ विनियोजन गरेको छ। यसअघि यस शीर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री Swarnim Wagle ले कृषि बीमा कार्यक्रमलाई थप विस्तार गर्दै निरन्तरता दिइने घोषणा गरेका हुन्।
सरकारले हाल कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमलाई किसानलाई जोखिमबाट सुरक्षित गर्न र कृषि क्षेत्रमा लगानी प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरिँदै आएको छ।
तर, अनुदान रकमको भुक्तानीमा सरकारबाट समय–समयमा ढिलाइ हुने गरेको कारण बीमा कम्पनीहरूले असन्तुष्टि जनाउँदै आएका छन्। कतिपय अवस्थामा भुक्तानी ढिलाइका कारण बीमा सेवा नै रोक्ने अवस्थासम्म पुगेको कम्पनीहरूको भनाइ छ।
सरकारले कृषि बीमा प्रवर्द्धनका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि भुक्तानी व्यवस्थापन र कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याउँदै आएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)



.jpg)





प्रतिक्रिया