NIMB Header 2
Nepal Life

महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 01 13:16
महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला
United Ajod

अमरगढी (डडेल्धुरा), जेठ १८ — महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ।

 

Nepal Life
NIMB

परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार तीर्थबहादुरको शव परिगाउँस्थित कल्पठ्ठेथान नजिक महाकाली नदी किनारमा फेला परेको हो भने जवान पुनको शव कञ्चनपुरको ब्रह्मदेव पारि भारतको टनकपुर क्षेत्रस्थित नदी किनारमा भेटिएको हो।

गत शुक्रबारदेखि बेपत्ता भएका उनीहरूको खोजीका क्रममा नदी किनारमा प्रयोग गरिएको ट्युब फेला परेपछि डुबेको आशंकामा खोजी कार्य तीव्र पारिएको थियो।

दुवै शवलाई पोस्टमार्टमका लागि सम्बन्धित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया