Nepal Life

प्रतिनिधि सभामा आज बजेटमाथि सामान्य छलफल सुरु हुने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 02 09:38
प्रतिनिधि सभामा आज बजेटमाथि सामान्य छलफल सुरु हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको छ।

Nepal Life
NIMB

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकको प्रारम्भमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको विवरण सदनमा जानकारी गराउनेछन्।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ।

अर्थमन्त्रीको प्रस्ताव प्रस्तुत भएपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमाथि प्रतिनिधि सभामा सामान्य छलफल सुरु हुनेछ। बजेटका विभिन्न पक्षबारे सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया