माण्डु हाइड्रोपावरले १०% बोनस शेयर र नगद लाभांश दिने घोषणा
- BFIS News
- 2026 Jun 02 12:36
काठमाडौं, जेठ १९ — माण्डु हाइड्रोपावर लिमिटेड ले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार यो लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लागू हुनेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ६३ लाख ३७ हजार रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया