सुर्खेतमा ३ करोड बराबरको गरगहना र नगदसहित एक व्यक्ति पक्राउ
- BFIS News
- 2026 Jun 02 12:39
काठमाडौं, जेठ १९ — सुर्खेत प्रहरीले स्रोत नखुलेको नगद तथा ठूलो परिमाणमा गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर–६ बस्ने श्यामसुन्दर अग्रवाल (बालाजी) रहेका छन्।
जेठ १८ गते वीरेन्द्रनगर–६ स्थित तल्लो बजारको शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा पैसा दिने गरेको सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
खानतलासीका क्रममा प्रहरीले २ लाख १९ हजार ५०० रुपैयाँ नेपाली, ८ लाख ११ हजार ८०० रुपैयाँ भारतीय मुद्रा, तथा करिब ३ करोड रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना (१८५ थान) बरामद गरेको जनाएको छ।
साथै, घटनास्थलबाट पैसा गन्ने मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया