NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सम्झौता, क्रेडिट कार्डमार्फत ब्याजरहित किस्ता सुविधा उपलब्ध

IME LIFE
  • BFIS News
  • 2026 Jun 08 15:39
ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सम्झौता, क्रेडिट कार्डमार्फत ब्याजरहित किस्ता सुविधा उपलब्ध
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई लक्षित गर्दै क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

Nepal Life
NIMB

सम्झौतापछि भाटभटेनीका स्टोरहरूमा डिजिटल भुक्तानीसँगै तत्काल किस्ताबन्दी सुविधा उपलब्ध हुने भएको छ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डवाहक ग्राहकले भाटभटेनीका स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा अतिरिक्त कागजी प्रक्रिया बिना नै ईएमआई सुविधा प्रयोग गर्न सक्नेछन्। ग्राहकले ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ता अवधि छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार उक्त योजनामा सहभागी ग्राहकबाट ब्याज तथा प्रोसेसिङ शुल्क नलिइनेछ। सुविधा विशेषगरी उच्च मूल्यका उपभोग्य सामग्री तथा विद्युतीय उपकरण खरिदकर्तालाई लक्षित गरिएको जनाइएको छ।

सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित कारोबार गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ समेत जारी गरिने भएको छ। ग्राहकको कारोबार विवरण र वित्तीय व्यवहारका आधारमा उपलब्ध गराइने उक्त कार्डमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहने व्यवस्था गरिएको छ। प्रारम्भिक चरणमा कार्ड भाटभटेनी र त्यससँग आबद्ध नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने बताइएको छ।

दुवै संस्थाले भविष्यमा कार्ड प्रयोगकर्ताका लागि थप भुक्तानी सुविधा, छुट तथा अन्य ग्राहकमुखी योजनाहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्। यस परियोजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारको भूमिका निर्वाह गरेको छ।

ग्लोबल आइएमई बैंकले हाल देशभर ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशी प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया