NIMB Header 2
Nepal Life

लगानी बोर्डको सीईओ पदका लागि आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन सकिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 12 11:35
लगानी बोर्डको सीईओ पदका लागि आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन सकिने
United Ajod

काठमाडौं । नेपाल सरकारले लगानी बोर्ड नेपालको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ।

Nepal Life
NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम गठित सिफारिस समितिले सूचना जारी गर्दै सीईओ पदका लागि दरखास्त माग गरेको हो।

जारी सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ वा औद्योगिक व्यवस्थापनलगायत क्षेत्रमा न्यूनतम १० वर्ष व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म कम्तीमा ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले बायोडाटा, शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी प्रमाणपत्रसहित आगामी कार्यकालका लागि प्रस्तावित रणनीति र कार्ययोजना पनि आवेदनसँग संलग्न गर्नुपर्नेछ।

दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा बुझाउन सकिने जनाइएको छ।

लगानी बोर्ड नेपालले ठूला पूर्वाधार तथा विदेशी लगानीसम्बन्धी परियोजनाको सहजीकरण, प्रवर्द्धन र व्यवस्थापन गर्दै आएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया