Nepal Life

ऊर्जा मन्त्रालयद्वारा ११५१ हटलाइन सक्रिय, अतिरिक्त शुल्क लिएको गुनासो तत्काल जानकारी गराउन आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 15 17:14
ऊर्जा मन्त्रालयद्वारा ११५१ हटलाइन सक्रिय, अतिरिक्त शुल्क लिएको गुनासो तत्काल जानकारी गराउन आग्रह

काठमाडौँ । Ministry of Energy, Water Resources and Irrigation ले सेवा प्रवाहमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न सेवाग्राहीलाई अतिरिक्त शुल्क माग भए तत्काल गुनासो दर्ता गर्न आग्रह गरेको छ।

 

Nepal Life
NIMB

मन्त्रालयले सेवाग्राहीलाई तोकिएको शुल्कभन्दा बढी रकम माग गरिए प्रमाणसहित हटलाइन नम्बर ११५१ मा तुरुन्त जानकारी गराउन अनुरोध गरेको हो।

मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहणपछि जनगुनासोको सुनुवाइ र शीघ्र समस्या समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राख्दै आएको मन्त्रालयले जनाएको छ। सोही निर्देशनअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन पहल भइरहेको छ।

मन्त्रालयका अनुसार हटलाइन ११५१ मार्फत हालसम्म १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको छ। तीमध्ये विद्युत् अवरोध (नो लाइट), ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटर अभाव, र भूमिगत विद्युत् जडानसम्बन्धी समस्या प्रमुख रहेका छन्।

त्यस्तै संघीय संसद् र प्रदेशसभामा उठाइएका ऊर्जा तथा सिँचाइसम्बन्धी गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार सुशासन एकाइ गठन गरी सेवा प्रवाह, कर्मचारी कार्यसम्पादन तथा सार्वजनिक स्रोत उपयोगको अनुगमन र मूल्याङ्कनलाई व्यवस्थित बनाएको छ।

सरकारी स्रोतसाधनको प्रभावकारी उपयोग र सेवा प्रवाहमा सुधार ल्याउन ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया