मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख, चालु वर्षभन्दा करिब ५ अर्ब ४४ करोड कम
- BFIS News
- 2026 Jun 15 18:19
काठमाडौँ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
Government of Madhesh Province का अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
यो बजेट चालु आर्थिक वर्षको ४६ अर्ब ५८ करोड रुपैयाँको तुलनामा करिब ५ अर्ब ४४ करोड रुपैयाँले कम हो।
कुल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ (३५.६४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ (६४.३६ प्रतिशत) छुट्याइएको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्व तथा अन्य आन्तरिक स्रोतबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ। संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा छ।
त्यसैगरी संघीय वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ, चालु वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिने तथा १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ।
संघीय सरकारबाट समानीकरण, सशर्त, समपूरक र विशेष समपूरक अनुदान गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)




प्रतिक्रिया