Nepal Life

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड, पुँजीगत खर्चमा ६० प्रतिशतभन्दा बढी विनियोजन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 15 18:20
गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड, पुँजीगत खर्चमा ६० प्रतिशतभन्दा बढी विनियोजन

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

 

Nepal Life
NIMB

Government of Gandaki Province का अर्थमन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कुल विनियोजनमध्ये पुँजीगत शीर्षकमा २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ छुट्याइएको जानकारी दिए।

बजेट अनुसार पुँजीगत खर्च कुल बजेटको ६० प्रतिशतभन्दा बढी रहेको छ भने चालू खर्चतर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत) विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्याइएको छ।

सरकारका अनुसार यो बजेट चालू आर्थिक वर्षको ३१ अर्ब ९७ करोड रुपैयाँको तुलनामा करिब १ अर्ब रुपैयाँले बढी हो।

स्रोत व्यवस्थापनतर्फ संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, समपूरक तथा विशेष अनुदानबाट प्रमुख हिस्सा जुटाइनेछ। साथै आन्तरिक स्रोतबाट ५ अर्ब ८४ करोड १८ लाख रुपैयाँ संकलन गरिने लक्ष्य राखिएको छ।

चालू वर्षको २ अर्ब रुपैयाँ मौज्दात रहने र आगामी वर्षका लागि १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने सरकारको अनुमान छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया