एभरेष्ट कलरको आईपीओ बाँडफाँड सम्पन्न, नतिजा केही समयपछि सार्वजनिक हुने
- BFIS News
- 2026 Jun 18 12:13
काठमाडौं । एभरेष्ट कलरको आईपीओ (साधारण शेयर) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान ८ः३० बजे आईपीओ बाँडफाँड गरिएको हो।
आईपीओको नतिजा केही समयपछि सार्वजनिक गरिने छ। नतिजा सार्वजनिक भएपछि लगानीकर्ताले विभिन्न तीन माध्यमबाट आफ्नो आईपीओ नतिजा हेर्न सक्नेछन्।
लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट, सिडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोशेयर आईपीओ रिजल्ट पोर्टल तथा मेरोशेयर खातामार्फत नतिजा हेर्न सक्नेछन्।
मेरोशेयरबाट नतिजा हेर्नका लागि आवेदन दिएको अवस्थामा ‘एप्लिकेसन रिपोर्ट’ मा गएर हेर्न सकिनेछ भने अन्य अवस्थामा आफ्नो डिम्याट नम्बर प्रयोग गरी आईपीओ नतिजा हेर्न सकिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया