बालेन्द्र शाहमाथि संसदीय छानविन गर्न कांग्रेसको माग, संवैधानिक निकायका प्रमुखमाथि धम्की दिएको आरोप
- BFIS News
- 2026 Jun 18 12:30
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालेन्द्र शाहमाथि संसदीय छानविन गर्नुपर्ने माग अघि सारेको छ। कांग्रेस नेता नरेन्द्रकुमार केरुङले संवैधानिक निकायका पदाधिकारीमाथि गरिएको भनिएको व्यवहारबारे गम्भीर प्रश्न उठाउँदै छानविनको माग गरेका हुन्।
संसद बैठक सुरु भएलगत्तै केरुङले प्रधानमन्त्री कार्यालयमै संवैधानिक निकायका प्रमुखलाई थुन्ने धम्की दिएको र राहदानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको भन्ने विषयमा छानविन आवश्यक रहेको बताएका हुन्।
उनले प्रधानमन्त्री कार्यालयमा दुई दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित संवैधानिक निकायका पदाधिकारीहरूसँग भएको भनिएको घटनाबारे निष्पक्ष छानविन हुनुपर्ने धारणा राखे।
यस विषयमा पत्रकार सीताराम बरालले पनि संवैधानिक निकायका पदाधिकारीमाथि प्रधानमन्त्री कार्यालयभित्रै अमर्यादित व्यवहार भएको दाबी गर्दै सार्वजनिक गरेको विषय चर्चामा आएको छ। उक्त भिडियो पत्रकार किशोर श्रेष्ठले समेत शेयर गरेपछि घटनाबारे बहस चर्किएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया