NIMB Header 2
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंकद्वारा स्याङ्जाका ३ विद्यालयका ३३० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

United Ajod
  • BFIS News
  • 2026 Jun 18 12:52
मुक्तिनाथ विकास बैंकद्वारा स्याङ्जाका ३ विद्यालयका ३३० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
IME LIFE

स्याङ्जा, असार ४ । मुक्तिनाथ विकास बैंकले स्याङ्जाका विभिन्न विद्यालयमा अध्ययनरत आदिवासी जनजाति तथा दलित समुदायका विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरेको छ।

 

Nepal Life
NIMB

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई प्राथमिकता दिँदै पुतलीबजार नगरपालिका क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको हो।

बैंकले पुतलीबजार नगरपालिका–३ स्थित पुन्यशिला आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई झोला वितरण गरेको छ। त्यस्तै, पुतलीबजार नगरपालिका–९ को कोल्मा वराहचौर माध्यमिक विद्यालयका १५० जना विद्यार्थी र पुतलीबजार–१२ पेल्काचौरस्थित मनकामना माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री झोला प्रदान गरिएको बैंकले जनाएको छ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संस्थापक तथा सञ्चालक भरतप्रसाद लम्सालले बैंकले निक्षेप संकलन र कर्जा प्रवाहसँगै लक्षित वर्गको क्षमता अभिवृद्धिका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

उहाँले समाजमा विभिन्न कारणले पछाडि परेका वर्गलाई अवसर प्रदान गर्ने उद्देश्यले बैंकले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।

मनकामना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र शर्माले शैक्षिक सामग्री सहयोगले जनजाति तथा दलित समुदायका विद्यार्थीलाई राहत पुगेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जामा नगद तथा जिन्सी सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउन बैंकले विभिन्न विद्यालयमा कम्प्युटर तथा फर्निचरसमेत सहयोग गरेको जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया