तुलसीपुर उपमहानगरपालिकाको बजेट २ अर्ब ४४ करोड ९५ लाख, चालुतर्फ ५६ प्रतिशत विनियोजन
- BFIS News
- 2026 Jun 22 16:47
तुलसीपुर, असार ८ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा आगामी आर्थिक वर्षका लागि ३८ करोड रुपैयाँ बढी बजेट ल्याएको हो ।
उपप्रमुख स्यानी चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । यस्तै, स्थानीय तह राजस्व बाँडफाँट तथा मालपोत रजिस्ट्रेसनबाट २४ करोड रुपैयाँ, ढुङ्गा, गिटी तथा विज्ञापन करबाट १५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
बजेटमा सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ २८ करोड ७७ लाख, ससर्त अनुदानतर्फ ६७ करोड २३ लाख, समपूरक अनुदानतर्फ ६० लाख र विशेष अनुदानतर्फ ८८ लाख रुपैयाँ समावेश गरिएको छ ।
त्यस्तै, सङ्घीय राजस्व बाँडफाँटबाट २४ करोड ९ लाख ५७ हजार रुपैयाँ, प्रदेश सरकारको ससर्त अनुदानबाट २ करोड २ लाख ५० हजार, समपूरक अनुदानबाट १ करोड ५० लाख, विशेष अनुदानबाट २० लाख तथा प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ४१ लाख ८६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै सडक बोर्डबाट १ करोड र नगर विकास कोषबाट २ करोड १० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ अर्थात् ४२.३५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ अर्थात् १.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











 (1).jpg)





प्रतिक्रिया