NIMB Header 2
Nepal Life

पासपोर्ट छपाइ अनियमितता प्रकरण : आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा चलाउने अख्तियारको निर्णय

IME LIFE
  • आयुस बस्नेत
  • 2026 Jun 22 16:49
पासपोर्ट छपाइ अनियमितता प्रकरण : आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा चलाउने अख्तियारको निर्णय
United Ajod

काठमाडौं । पासपोर्ट छपाइसम्बन्धी बोलपत्र प्रक्रियामा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

 

Nepal Life
NIMB

अख्तियारको टोलीले बुधबार विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो । आयोगको टोली मिसिल तथा आरोपीसहित विशेष अदालत पुगेको जनाइएको छ ।

सरकारको चासोपछि तीव्र गतिमा अनुसन्धान अघि बढाइएको यस प्रकरणमा परराष्ट्र मन्त्रालयका २० भन्दा बढी कर्मचारीसमेत अनुसन्धानको दायरामा आएका छन् ।

अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । पासपोर्ट छपाइको बोलपत्र प्रक्रियामा अनियमितता भएको आरोपमा आयोगले अनुसन्धान अघि बढाएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया