NIMB Header 2
Nepal Life

तनहुँमा छुट्टाछुट्टै सडक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 17:11
तनहुँमा छुट्टाछुट्टै सडक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
United Ajod

तनहुँ, असार ८ गते । तनहुँका छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

Nepal Life
NIMB

बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद श्रेष्ठका अनुसार बन्दीपुर गाउँपालिका–४ गुम्बास्थित भित्री सडक खण्डमा ग १ क ५४६६ नम्बरको टिप्पर नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठलाई उपचारका लागि पोखरा पठाइएको थियो । उपचारकै क्रममा आइतबार साँझ ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडक खण्डमा भएको अर्को सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अर्का एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया