NIMB Header 2
Nepal Life

'बुलिस अर्थमन्त्री' विष्णु प्रसाद पौडेल पक्राउ

IME LIFE
  • BFIS News
  • 2026 Jun 22 19:30
'बुलिस अर्थमन्त्री' विष्णु प्रसाद पौडेल पक्राउ
United Ajod

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Nepal Life
NIMB

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाका अनुसार विभागले अनुसन्धानका लागि पत्र पठाएपछि पौडेललाई नियन्त्रणमा लिइएको हो। उनी सुर्खेतस्थित एक होटलबाट शनिबार साँझ करिब ५ः३० बजे पक्राउ परेका थिए।

प्रहरीले पक्राउपछि पौडेललाई बाँकेको नेपालगञ्जतर्फ लगेको छ। त्यहाँबाट सम्भव भएसम्म हवाई मार्गमार्फत काठमाडौं ल्याइने तयारी गरिएको जनाइएको छ। उनीविरुद्ध के–कस्तो प्रकृतिको मुद्दामा अनुसन्धान भइरहेको हो भन्ने विषय भने हालसम्म सार्वजनिक गरिएको छैन।

पौडेल लामो समयदेखि नेपालको आर्थिक तथा राजनीतिक क्षेत्रका प्रभावशाली नेतामध्ये एक मानिन्छन्। विशेषगरी शेयर बजार र वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णयका कारण उनी लगानीकर्तामाझ परिचित नाम बनेका थिए। विगतका शेयर बजारका तीव्र वृद्धिका चरणहरूमा उनको भूमिका र प्रभावबारे व्यापक चर्चा हुने गरेको थियो।

वित्तीय क्षेत्रसँग सम्बन्धित लाइसेन्स वितरण, बैंक तथा बीमा कम्पनीहरूको स्थापना र विस्तारका क्रममा राजनीतिक प्रभाव प्रयोग भएको आरोप विगतदेखि विभिन्न कोणबाट उठ्दै आएको थियो। विशेषगरी लघु बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीको लाइसेन्स वितरण प्रक्रियामाथि समय–समयमा प्रश्न उठ्ने गरेका छन्। यस्ता विषयमा विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा सरोकारवालाहरूको भूमिकाबारे सार्वजनिक बहस हुँदै आएको छ।

पौडेलको पक्राउसँगै वित्तीय क्षेत्र, शेयर बजार तथा राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। अनुसन्धानको दायरा, आरोपको प्रकृति तथा यस प्रकरणमा अन्य व्यक्ति पनि तानिने सम्भावनाबारे सम्बन्धित निकायले हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अन्य सम्बन्धित निकायको अनुसन्धानबाट थप तथ्य सार्वजनिक भएपछि यस प्रकरणको वास्तविक स्वरूप स्पष्ट हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया