NIMB Header 2
Nepal Life

गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

IME LIFE
  • BFIS News
  • 2026 Jun 23 21:44
गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
United Ajod

चितवन, असार ९ — गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको घटनापछि सम्बन्धित होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।

Nepal Life
NIMB

गृहमन्त्रीको सचिवालयका अनुसार मंगलबार भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा अम्लेट सेवन गर्ने क्रममा माछाको काँडा फेला परेको थियो। अम्लेटमा अखाद्य वस्तु भेटिएको भन्दै होटल व्यवस्थापनसँग तत्काल सोधपुछ गरिएको सचिवालयले जनाएको छ।

घटनापछि कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको सचिवालयले स्पष्ट पारेको छ। यद्यपि, घटनाको वास्तविकता बुझ्न प्रहरीले होटलका दुई कर्मचारीसँग सोधपुछ गरेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले दुई कर्मचारीसँग घटनाबारे जानकारी लिइएको र उनीहरूले संलग्नता नरहेको बताएपछि छाडिएको जानकारी दिए।

यसैबीच, जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा गरिएको अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी विभिन्न कमजोरी फेला परेपछि कारबाही गरेको जनाएको छ। प्रशासनका प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी विज्ञप्तिअनुसार निरीक्षण टोलीले होटलमा गुणस्तरहीन खाने तेल प्रयोग भएको, तरकारीको ताजापनमा पर्याप्त ध्यान नदिइएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका खाद्य पदार्थ उपलब्ध गराइएको पाएको थियो।

प्रशासनका अनुसार उक्त कार्यले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) अन्तर्गतको कसुर गरेको निष्कर्ष निकालिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार सो होटललाई उपभोक्ता संरक्षण ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै अनुगमनका क्रममा बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासन कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया