दुई दिनमै तोलामा ८ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
- BFIS News
- 2026 Jun 25 10:55
काठमाडौं, असार ११ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ घटेको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको थियो। यसअनुसार एकै दिनमा सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेको छ।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको थियो। लगातार दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले ओरालो लागेको महासंघको तथ्यांकले देखाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ। बुधबार प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ५० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने बिहीबार सुन प्रतिऔंस ३ हजार ९ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य प्रवृत्तिको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया