Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सका २६ हजार ९७४ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमार्फत बिक्रीमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 20 11:52
युनाइटेड अजोड इन्स्योरेन्सका २६ हजार ९७४ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमार्फत बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएका छन्।

Nepal Life
NIMB

कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरमा अब सर्वसाधारण व्यक्ति, कम्पनी तथा विभिन्न संस्थाहरूले समेत आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक समूहभित्र बिक्री प्रक्रिया पूरा हुन नसकेपछि कम्पनीले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला लिलामी आह्वान गरेको हो।

इच्छुक लगानीकर्ताले आज साउन ४ गते, २०८३ देखि ३५ दिनभित्र अर्थात् भदौ ७ गते, २०८३ सम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्न चाहने लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, सीटीसी मल, सुन्धारा, काठमाडौंमा आफ्नो आवेदन बुझाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार लिलामी प्रक्रियाबाट प्राप्त उच्चतम बोलकबोलका आधारमा योग्य आवेदकलाई संस्थापक सेयर बिक्री गरिनेछ। इच्छुक लगानीकर्तालाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार