रिज लाइन इनर्जीले ४४० मेगावाटको टिला–१ जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने
- BFIS News
- 2026 Jul 20 12:06
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले ४४० मेगावाट क्षमताको टिला–१ जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको ११८औँ बैठकले, २०८३ साल असार ३ गते बसेको बैठकबाट उक्त निर्णय स्वीकृत गरेको हो।
निर्णयअनुसार, कालिकोट जिल्लाको टिला नदीमा निर्माणाधीन ४४० मेगावाट क्षमताको टिला–१ जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको एससी पावर प्रालिको संस्थापक (प्रमोटर) सेयरमा रिज लाइन इनर्जीले २० करोड रुपैयाँ लगानी गर्नेछ। उक्त लगानी कम्पनीले हकप्रद सेयर निष्कासनबाट संकलन हुने रकममार्फत गर्ने जनाएको छ।
यसैबीच, सञ्चालक समितिले अर्को महत्त्वपूर्ण निर्णय गर्दै काङ हाइड्रोपावर कम्पनी लिमिटेडमा रहेको आफ्नो १५ लाख कित्ता सेयर धितो राख्ने तथा ती सेयरको बिक्री वा हस्तान्तरणमा रोक लगाउने निर्णय पनि गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ती सेयर कम्पनीको स्वामित्वमा रहेका छन्।
ललितपुर–१, कुपण्डोलस्थित काङ हाइड्रोपावर कम्पनी लिमिटेडसँग सम्बन्धित उक्त सेयरहरू काठमाडौंस्थित एनएमबी बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा गैरहस्तान्तरणीय धितो (Non-transferable Lien) का रूपमा राखिने कम्पनीले जनाएको छ।
रिज लाइन इनर्जीले यी दुवै निर्णय नियामकीय सूचना (रेगुलेटरी डिस्क्लोजर) मार्फत सार्वजनिक गरेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया