सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी ७० हजार ५५० आवेदकले पाए १० कित्ता शेयर
- BFIS News
- 2026 Jun 25 11:01
काठमाडौं, असार ११ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।
आईपीओमा २८ लाख ९४ हजार २३२ जनाबाट ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। प्राप्त आवेदनमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार २०७ आवेदन विभिन्न कारणले रद्द भएका छन्।
निष्काशित शेयरको तुलनामा माग अत्यधिक भएकाले गोलाप्रथा (लटरी) प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार ७० हजार ५५० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सीडीएससीको ‘मेरो शेयर’ प्रणाली तथा आईपीओ रिजल्ट पोर्टलमार्फत हेर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया