एकैदिन तोलामा ४ हजार ७०० रुपैयाँ बढ्यो सुनको मूल्य
- BFIS News
- 2026 Jun 28 11:08
काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ। विशेषगरी सुनको मूल्य एकैदिन तोलामा ४ हजार ७०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १४० रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँ कायम भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)



.jpg)





प्रतिक्रिया