फिफा विश्वकप २०२६ : नकआउट चरणको तालिका सार्वजनिक, उपाधि यात्राका लागि ३२ टोली आमनेसामने
- BFIS News
- 2026 Jun 28 11:12
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को खेल तालिका सार्वजनिक भएको छ।
अब प्रतियोगितामा बाँकी रहेका ३२ टोलीले एक हारले प्रतियोगिताबाट बाहिरिने प्रणालीअनुसार उपाधि यात्रालाई निरन्तरता दिन प्रतिस्पर्धा गर्नेछन्।
यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी भएका छन्। समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका आठ टोली नकआउट चरणमा पुगेका हुन्। यो चरणका विजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा समाप्त हुनेछ।
नकआउट चरणको पहिलो खेलमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा भिड्नेछन्। त्यसपछि जर्मनीले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने ब्राजिलको सामना जापानसँग हुनेछ। यसैगरी नेदरल्यान्ड्स र मोरक्कोबीच पनि अन्तिम ३२ को प्रतिस्पर्धा हुनेछ।
नकआउट चरणको खेल तालिका (नेपाली समयअनुसार)
असार १४ (जुन २८) र असार १५ (जुन २९)
- दक्षिण अफ्रिका विरुद्ध क्यानडा — राति ११ः४५ बजे, लस एन्जलस (सोफाई स्टेडियम)
- जर्मनी विरुद्ध पाराग्वे — बिहान ३ः१५ बजे, बोस्टन (जिलेट स्टेडियम)
- ब्राजिल विरुद्ध जापान — राति ९ः४५ बजे, ह्युस्टन (एनआरजी स्टेडियम)
- नेदरल्यान्ड्स विरुद्ध मोरक्को — बिहान १ः४५ बजे, मोन्टेरे (इस्टाडियो बीबीभीए)
असार १६ (जुन ३०) र असार १७ (जुलाई १)
- आइभोरी कोस्ट विरुद्ध नर्वे — राति ९ः४५ बजे, डलास (एटी एन्ड टी स्टेडियम)
- फ्रान्स विरुद्ध स्वीडेन — बिहान १ः४५ बजे, न्युयोर्क–न्युजर्सी (मेटालाइफ स्टेडियम)
- मेक्सिको विरुद्ध इक्वेडर — बिहान ५ः४५ बजे, मेक्सिको सिटी (इस्टाडियो एस्टेका)
- इङ्गल्याण्ड विरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गो — राति ८ः४५ बजे, एटलान्टा (मर्सिडिज–बेन्ज स्टेडियम)
असार १८ (जुलाई २) र असार १९ (जुलाई ३)
- बेल्जियम विरुद्ध सेनेगल — बिहान ६ः४५ बजे, सियाटल (लुमेन फिल्ड)
- संयुक्त राज्य अमेरिका विरुद्ध बोस्निया एन्ड हर्जगोभिना — बिहान १०ः४५ बजे, सान फ्रान्सिस्को बे एरिया (लेभिस स्टेडियम)
- स्पेन विरुद्ध अस्ट्रिया — राति ९ः४५ बजे, लस एन्जलस (सोफाई स्टेडियम)
- पोर्चुगल विरुद्ध क्रोएसिया — बिहान २ः४५ बजे, टोरन्टो (बीएमओ फिल्ड)
असार १९ (जुलाई ३) र असार २० (जुलाई ४)
- स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया — बिहान ६ः४५ बजे, भ्यानकुभर (बीसी प्लेस)
- अष्ट्रेलिया विरुद्ध इजिप्ट — राति १०ः४५ बजे, डलास (एटी एन्ड टी स्टेडियम)
- अर्जेन्टिना विरुद्ध केप भर्डे — बिहान १ः४५ बजे, मियामी (हार्ड रक स्टेडियम)
- कोलम्बिया विरुद्ध घाना — बिहान ५ः४५ बजे, कान्सास सिटी (एरोहेड स्टेडियम)
नकआउट चरण सुरु भएसँगै अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ। विजेता टोली क्वार्टरफाइनलमा पुग्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)





प्रतिक्रिया