सिद्धार्थ बैंकले ल्यायो ‘महिला समृद्धि कर्जा’, १५ लाखसम्म बिनाधितो ऋण
- आयुस बस्नेत
- 2026 Jul 12 10:09
काठमाडौं, असार २८ सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को वित्तीय पहुँच सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार महिला स्वामित्व वा नेतृत्वमा रहेका व्यवसायलाई लक्षित गरी ल्याइएको यस योजनाले महिला उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो, २५ लाख रुपैयाँसम्म आंशिक धितोमा तथा ५० लाख रुपैयाँसम्म पूर्ण धितो राखेर कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
कर्जा प्रवाहलाई थप वैज्ञानिक र सहज बनाउन बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको जनाएको छ।
बैंकका अनुसार उक्त प्रणालीले धितोलाई मात्र आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमताजस्ता पक्षहरूको समग्र मूल्यांकन गरी कर्जा स्वीकृतिमा सहयोग गर्नेछ।
यस व्यवस्थाले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित हुने महिला उद्यमीलाई राहत पुग्ने र व्यवसायको सम्भाव्यतालाई प्राथमिकता दिइने बैंकको विश्वास छ।
योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)






.jpg)


प्रतिक्रिया