Nepal Life

दिपायल सिलगढी नगरपालिकाको खर्चमा महालेखाको प्रश्न, खाजा–बैठकमा ६८ लाख र सवारी मर्मतमा ४५ लाख खर्च

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 12 16:50
दिपायल सिलगढी नगरपालिकाको खर्चमा महालेखाको प्रश्न, खाजा–बैठकमा ६८ लाख र सवारी मर्मतमा ४५ लाख खर्च

काठमाडौं, असार २८ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमा डोटीको दिपायल सिलगढी नगरपालिकाले खाजा–खाना, बैठक भत्ता, सवारीसाधन मर्मत तथा पदाधिकारी सुविधामा गरेको खर्चप्रति प्रश्न उठाएको छ।

 

Nepal Life
NIMB

प्रतिवेदनअनुसार नगरपालिकाले एक वर्षमा खाना, खाजा, सभा सञ्चालन र बैठक भत्ता शीर्षकमा ६८ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ। यसमध्ये ३८ लाख ४७ हजार रुपैयाँ खाना, खाजा तथा अतिथि सत्कारमा र ३० लाख ११ हजार रुपैयाँ बैठक भत्तामा खर्च भएको उल्लेख छ।

महालेखाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट खर्च गर्दा मितव्ययिता, नियमितता, कार्यदक्षता र औचित्य कायम गर्नुपर्ने व्यवस्था भए पनि नगरपालिकाले त्यसअनुसार खर्च व्यवस्थापन नगरेको औंल्याएको छ। साथै विविध खर्चलाई आन्तरिक आयको आकारसँग तादम्यता हुने गरी मापदण्ड तयार गर्न सुझाव दिएको छ।

त्यस्तै, नगरपालिकाले सवारीसाधन मर्मतमा ४५ लाख २० हजार ४३३ रुपैयाँ खर्च गरेको भए पनि आवश्यक मर्मत आदेश, मर्मत सम्पन्न फाराम तथा अभिलेख नराखी खर्च लेखिएको महालेखाले जनाएको छ।

नगरपालिकासँग १९ वटा दुईपाङ्ग्रे सवारी, २ वटा एम्बुलेन्स, २ वटा ब्याकहोलोडर, १ वटा दमकल, २ वटा स्कारपियो/जिप र ३ वटा मिनीबस रहेका छन्।

प्रतिवेदनमा पदाधिकारी सुविधातर्फ पनि १ करोड २ लाख ३० हजार ७१ रुपैयाँ खर्च भएको उल्लेख छ। सोही अवधिमा नगरपालिकाको आन्तरिक आय १ करोड ४५ लाख ३७ हजार २७९ रुपैयाँ रहेकाले पदाधिकारी सुविधामा भएको खर्च आन्तरिक आयको ७०.३७ प्रतिशत बराबर रहेको महालेखाले जनाएको छ।

महालेखाले चालु खर्चलाई मितव्ययी, व्यवस्थित र कानुनी मापदण्डअनुसार सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिएको छ।

हाल दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काउपप्रमुख कलावती महर साउद रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया