NIMB Header 2
Nepal Life

१९.५० करोडभन्दा बढी प्रिमियम संकलन गर्दै नेपाल लाइफ सुर्खेत शाखाले रच्यो कीर्तिमान

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 17 12:16
१९.५० करोडभन्दा बढी प्रिमियम संकलन गर्दै नेपाल लाइफ सुर्खेत शाखाले रच्यो कीर्तिमान
IME LIFE

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुर्खेत शाखाले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक व्यावसायिक लक्ष्यभन्दा बढी व्यवसाय गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। शाखाले वार्षिक रूपमा निर्धारण गरिएको १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क (प्रिमियम) संकलन लक्ष्य तथा असार महिनाको व्यावसायिक लक्ष्यसमेत १०० प्रतिशतभन्दा बढी हासिल गर्दै कीर्तिमान कायम गरेको हो।

Nepal Life
NIMB

शाखाको यो उपलब्धिलाई नेपाल लाइफ सुर्खेत शाखाको इतिहासकै महत्वपूर्ण व्यावसायिक सफलतामध्ये एक मानिएको छ। शाखा प्रमुख विष्णु प्रसाद शर्माको नेतृत्वमा कर्मचारी, अभिकर्ता तथा एजेन्सी नेटवर्कको समन्वित प्रयासले निर्धारित लक्ष्यलाई मात्रै होइन, त्यसलाई समेत पार गर्दै शाखाले उत्कृष्ट प्रदर्शन गरेको हो।

यस सफलतापछि शाखा प्रमुख शर्माले शाखा परिवारप्रति गर्व, सम्मान र कृतज्ञता व्यक्त गरेका छन्। उनले आर्थिक वर्षभरि अनुशासन, समर्पण र निरन्तर मेहनतका साथ काम गर्ने कर्मचारीहरू दुर्गा बान, अनिश गौतम, प्रतिमा खड्का, निकिता थापा र रक्षा बीसीसहित सम्पूर्ण अभिकर्ता, एजेन्सी म्यानेजर तथा एएम, बीसी र एजेन्सी परिवारको योगदानको उच्च प्रशंसा गरेका छन्। उनीहरूको विश्वास, सहकार्य, लगनशीलता र अथक परिश्रमकै कारण यो उपलब्धि सम्भव भएको उनको भनाइ छ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, डेपुटी प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, प्रदेश प्रमुख, शाखा तथा उपशाखा प्रमुख, अनन्त अधिकारीलगायत कम्पनीका सम्पूर्ण कर्मचारीबाट प्राप्त मार्गदर्शन, प्रेरणा र सहयोगप्रति पनि उनले आभार व्यक्त गरेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्दै आएको छ। शाखा प्रमुख विष्णु प्रसाद शर्मा हरेक वर्ष आफूलाई दिइएको व्यावसायिक लक्ष्य पूरा गर्ने तथा लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्ने कुशल शाखा प्रमुखका रूपमा परिचित छन्। उनको नेतृत्वमा सुर्खेत शाखाले कम्पनीको व्यवसाय विस्तारलाई नयाँ उचाइमा पुर्‍याएको छ।

बीमा व्यवसाय मुख्यतः काठमाडौं केन्द्रित हुने परम्परागत धारणा रहँदै आएको अवस्थामा शर्माको नेतृत्वमा सुर्खेत शाखाले काठमाडौं बाहिरको प्रमुख सहरबाट समेत उल्लेख्य जीवन बीमा व्यवसाय सम्भव रहेको उदाहरण प्रस्तुत गरेको छ। शाखाको यो सफलताले कर्णाली प्रदेशमा जीवन बीमा सेवाप्रतिको बढ्दो विश्वास र बजार विस्तारको सम्भावनालाई पनि उजागर गरेको छ।

शाखा प्रमुख शर्माले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि एकता, विश्वास, सहकार्य र समर्पणलाई थप सुदृढ बनाउँदै अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नयाँ आर्थिक वर्ष सम्पूर्ण नेपाल लाइफ परिवारका लागि नयाँ ऊर्जा, नयाँ अवसर, उत्कृष्ट उपलब्धि र थप ऐतिहासिक सफलताले भरिपूर्ण हुने विश्वाससमेत व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया