NIMB Header 2
Nepal Life

पूर्वाधारमा कर्जा विस्तार भए पनि निफ्राको नाफा करिब २० प्रतिशत घट्यो, खराव कर्जा शून्य

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 23 10:46
पूर्वाधारमा कर्जा विस्तार भए पनि निफ्राको नाफा करिब २० प्रतिशत घट्यो, खराव कर्जा शून्य
United Ajod

काठमाडौं । पूर्वाधार विकास बैंकका रूपमा सञ्चालित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म व्यवसाय विस्तार गर्न सफल भए पनि खुद नाफा र प्रति शेयर आम्दानीमा गिरावट आएको वित्तीय विवरणले देखाएको छ। ब्याज खर्च उल्लेख्य रूपमा बढ्नु र खुद ब्याज आम्दानी घट्नु नाफा संकुचनको मुख्य कारण बनेको हो।

Nepal Life
NIMB

गत असार मसान्तसम्म बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले कम हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो। निक्षेप तथा ऋण उपकरणको लागत बढेसँगै ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा प्रत्यक्ष दबाब सिर्जना गरेको देखिन्छ।

यद्यपि बैंकले २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले नाफामा थप ठूलो गिरावट आउनबाट जोगिएको वित्तीय विवरणले देखाएको छ।

व्यावसायिक गतिविधितर्फ भने बैंकले उल्लेखनीय विस्तार गरेको छ। ग्राहक तथा पूर्वाधार आयोजनामा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंकले हालसम्म कुल ५६ अर्ब १३ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको जनाएको छ भने आयोजना कार्यान्वयनको प्रगतिअनुसार रकम निकासा हुँदै जाने उल्लेख गरेको छ।

त्यस्तै, बैंकको निक्षेप संकलन ७ अर्ब ६८ करोड रुपैयाँबाट सामान्य वृद्धि भई ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ।

बैंकको वित्तीय अवस्थाको सबैभन्दा सकारात्मक पक्ष भने कर्जाको गुणस्तर रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) शून्य प्रतिशत कायम रहेको छ, जुन नेपालको बैंकिङ क्षेत्रमै उत्कृष्ट सूचकका रूपमा रहेको छ।

यसैबीच, बैंकको कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ। बेस रेट पनि ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत (अन्तिम तीन महिनाको औसत ६.७६ प्रतिशत) मा कायम भएको छ। बैंकको कर्जा–निक्षेप (सीडी) अनुपात ७९.९२ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया