NIMB Header 2
Nepal Life

बाढीबाट क्षति पुगेका बीमितलाई सम्पर्क गर्न आईजीआई प्रुडेन्सियलको आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 26 19:01
बाढीबाट क्षति पुगेका बीमितलाई सम्पर्क गर्न आईजीआई प्रुडेन्सियलको आग्रह
United Ajod

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी नदीमा आएको अचानकको बाढीबाट जनधन तथा भौतिक सम्पत्तिमा क्षति पुगेपछि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमित ग्राहकलाई क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

Nepal Life
NIMB

कम्पनीले बाढीका कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई क्षतिको जानकारी गराउन तथा आवश्यक सहयोगका लागि कम्पनीका सम्बन्धित सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरेको हो।

कम्पनीका अनुसार प्रभावित ग्राहकले घमान सिंह तामाङलाई ९८५१२७३७४५ र सुभाष खनाललाई ९८६०१२४९३० नम्बरमा सम्पर्क गरी क्षतिको विवरण तथा आवश्यक जानकारी गराउन सक्नेछन्।

कम्पनीले विपद्का कारण प्रभावित सम्पूर्ण ग्राहक तथा उनीहरूका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै विपद्को समयमा सबैलाई सुरक्षित रहन आग्रह गरेको छ।

भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण रसुवालगायतका क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भइरहेका बेला बीमा कम्पनीले बीमित सम्पत्तिको क्षति मूल्यांकन तथा आवश्यक प्रक्रियाका लागि ग्राहकसँग सम्पर्क गर्न आग्रह गरेको हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया