NIMB Header 2
Prabhu Mahalaxmi

साउन ११ मा नागढुंगा सुरुङमार्ग उद्घाटन, सर्वसाधारणका लागि सञ्चालन साउन अन्तिम साताबाट मात्रै

United Ajod
  • BFIS News
  • 2026 Jul 24 14:21
साउन ११ मा नागढुंगा सुरुङमार्ग उद्घाटन, सर्वसाधारणका लागि सञ्चालन साउन अन्तिम साताबाट मात्रै
IME LIFE

काठमाडौं। लामो समयदेखि निर्माणाधीन रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउन ११ गते सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ।

Nepal Life
NIMB

यद्यपि उद्घाटनपछि तत्कालै सर्वसाधारणका सवारीसाधन सञ्चालनमा नआउने र आवश्यक परीक्षण तथा परीक्षणात्मक सञ्चालन (टेस्ट ड्राइभ) सम्पन्न भएपछि मात्रै साउनको अन्तिम सातादेखि नियमित आवागमन खुला गरिने भएको छ।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माणको अधिकांश काम सम्पन्न भइसकेकाले साउन ११ गते औपचारिक उद्घाटन गर्ने तयारी गरिएको हो। विभागका प्रवक्ता शुभराज न्यौपानेले सोही दिन सुरुङमार्गको उद्घाटन कार्यक्रम आयोजना गरिने जानकारी दिए।

उनका अनुसार उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरू तथा नेपालस्थित जापानी राजदूतलगायतको सहभागिता रहनेछ।

विभागले उद्घाटनपछि सुरुङमार्गको प्राविधिक परीक्षण र परीक्षणात्मक सवारी सञ्चालन गरिने जनाएको छ। ती प्रक्रिया पूरा भएपछि मात्रै सर्वसाधारणका लागि सुरुङमार्ग नियमित रूपमा सञ्चालनमा ल्याइनेछ।

सडक विभागका अनुसार सबै परीक्षण सफलतापूर्वक सम्पन्न भएमा साउनको अन्तिम सातादेखि यात्रुवाहक तथा अन्य सवारीसाधनले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न पाउनेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया